नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सको बोनश सेयरमूल्य समायोजन भएको हो ।
सपोर्ट माइक्रोफाइनान्स
बिहीबार नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनस सेयर प्रतिकित्ता २९२४ रुपैयाँका दरले समायोजन भएको छ । कारोबार बन्द हुनु अघि कम्पनीको सेयरमूल्य ३३२७ रुपैयाँ रहेको थियो ।
फरवार्ड माइक्रोफाइनान्स
नेप्सेमा आज फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १३.३ प्रतिशत बोनस सेयरमूल्य प्रतिकित्ता १३५२ रुपैयाँका दरले समायोजन भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस