Like us!
Follow us!
Connect us!
Watch us!

यी चार हाइड्रोपावरले गरे लाभांश घोषणा, कसले कति दिँदैछन् लाभांश ?

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०९ : १९ मा प्रकाशित

यी चार हाइड्रोपावरले गरे लाभांश घोषणा, कसले कति दिँदैछन् लाभांश ?

लाभांशको सिजन सुरु भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालिसकेका छन्। चार जलविद्यत (हाइड्रोपावर) कम्पनीले लाभांश घोषणा गरेका छन्।

हालसम्म भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर अपी पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिन लागेका हुन्। नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत भएर कारोबारमा छन्।

कसको लाभांश कति ?

भगवती हाइड्रोपावर : भगवती हाइड्रोपावरको सञ्चालक समितिको भदौ २२ गतेको बैठकले गत वर्षको नाफाबाट १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ।  कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र १०.७३ प्रतिशत कर प्रयोजनसहित नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले ४ प्रतिशतका दरले २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशतका दरले ६ करोड १४ लाख २१ हजाररुपैयाा नगद लाभाश प्रस्ताव गरेको हो।

आगामी २४औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीलाई लाभांश वितरण गरिनछे। कम्पनीको साधारण सभा असोज १६ गते बिहान ११ बजे नयाँ बानेश्वर काठमाडौंमा बस्नेछ। लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। 

माण्डु हाइड्रोपावर : माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिसकेको छ। कम्पनीको सञ्चालक समिति गत आर्थिक वर्ष ०८०/८१ का लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो।

लाभांश लगायत एजेण्डा पारित गर्न माण्डुले असोज १४ गते साधारणसभा बोलाएको छ। भदौ ३१ गते बुक क्लोजको मिति तय भएको छ। यसअनुसार भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले दिने लाभांश पाउने छन्।

कम्पनीले यसअघिको वर्ष पनि १० प्रतिशत नगद लाभांश दिएको थियो।  माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँ छ। 

सुपरमाई हाइड्रोपावर: सुपरमाई हाइड्रोपावरले पनि १२.६३ प्रतिशत लाभांश घोषणा गरिसकेको छ।

कम्पनी १०८ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ छ।

 यो कम्पनीले २०७९ फागुन ५ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो।  प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्ने जानकारी कम्पनीले दिएको छ।


अपी पावर: अपि पावर कम्पनीले ९.४७  प्रतिशत लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष ०८०-८१ को खुद नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले लाभांक प्रस्ताव गरेपनि साधारणसभाबाट पारित हुन बाँकी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको