Like us!
Follow us!
Connect us!
Watch us!

१८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चस्व

अर्थ संसार

शनिबार, ०५ फागुन २०८०, ११ : २७ मा प्रकाशित

१८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चस्व

पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार बिहान प्रतियोगिता गरिएको हो । 

प्रतियोगिताको मुख्य इभेन्ट पुरुष फुल म्याराथनमा केन्याका धावकहरुले पहिलो, दोस्रो तथा तेस्रो स्थान नै कब्जा गरेका छ । निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै केन्याली जुलियस मुरिला वाहोमले प्रथम स्थान प्राप्त गर्दा केन्याकै इसाक किहारा कामिरीले दोस्रो तथा इड्विन किप्लागेटले तेस्रो स्थान हात पारे । कामिरीलले २ घण्टा २० मिनेट ५ सेकेन्डमा र किप्लागेटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा उक्त दुरी पूरा गरे ।

प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका छन् । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमीमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक सहभागी छन् । 

म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गरिएको छ । प्रतियोगिताको प्रमुख संरक्षकमा पोखरा महानगरपालिका रहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेको म्याराथनको रन फर फन इभेन्ट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको