Like us!
Follow us!
Connect us!
Watch us!

युके डेभलपमेन्ट पोर्टफोलियो अन्तर्गत बेलायतले नेपाललाई ५०५ मिलियन डलर अनुदान दिने

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १३ : ५८ मा प्रकाशित

युके डेभलपमेन्ट पोर्टफोलियो अन्तर्गत बेलायतले नेपाललाई ५०५ मिलियन डलर अनुदान दिने

नयाँ युके डेभलपमेन्ट पोर्टफोलियो अन्तर्गत बेलायतले नेपाललाई ५०५ मिलियन डलर अनुदान दिने भएको छ ।

बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्र्यु मिसेलको दुई दिने नेपाल भ्रमणका क्रममा उक्त पोर्टफोलियोको उद्घाटन गरिएको हो । सन् २०३० सम्म नेपालले प्राप्त गरिसक्ने गरि उक्त अनुदान सहयोग बेलायतले दिन लागेको हो । अनुदानले जलवायु संकटसँग जुध्न तथा विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन, आर्थिक रूपान्तरण, सुशासन र समावेशीकरणमा मद्दत पुर्याउने जनाइएको छ ।

अनुदानबाट नेपालमा साढे १३ हजार रोजगारी सिर्जना हुने तथा एक बिलियन डलरको लगानी भित्र्याउन सहयोग गर्ने जनाइएको छ । यसैगरी सन् २०३० सम्म २० लाख बालिका तथा महिलालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिन पनि अनुदानले सहयोग पुर्याउनेछ ।

नेपाल भ्रमणका क्रममा विकासमन्त्री मिसेलले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका थिए । उनले ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले २२ मिलियन वित्तीय सहायता दिएको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको पनि भ्रमण गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको