Like us!
Follow us!
Connect us!
Watch us!

भारतले बढायो नेपाललाई दिने अनुदान,यो वर्ष कति आउँछ ?

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १७ : ०२ मा प्रकाशित

भारतले बढायो नेपाललाई दिने अनुदान,यो वर्ष कति आउँछ ?

भारत सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

मंगलबार बजेट सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपालले पाउने अनुदान ७ अर्ब भारु (११ अर्ब २० करोड नेपाली रुपैयाँ) राखिएको बताएकी हुन् ।

भारतको नियमित बजेट फेब्रुअरीमा आउने भए पनि नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।

वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको