Like us!
Follow us!
Connect us!
Watch us!

वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज, नेपालले जोर्डनसँग खेल्दै

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, ०७ : २७ मा प्रकाशित

वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज, नेपालले जोर्डनसँग खेल्दै

 वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज हुदैंछ।  जसमा आज नेपालले जोर्डनसँग खेल्दैछ ।

जोर्डनले पाँच पटक यो प्रतियोगिता जितिसकेको छ।  यता,नेपालले पहिलो पटक यो प्रतियोगिता खेलिरहेको छ । सेमिफाइनलमा लेबनानलाई २–१ ले हराउँदै नेपाल तथा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनलमा पुगेका हुन् ।

साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार नेपालले लगातार चार खेलमा नेपाल जित हासिल गरेको छ। आज पनि नेपालको लक्ष्य जित नै रहेको छ।

तर आज नेपालले स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमै जित हासिल गर्नु पर्ने अवस्था रहेको छ। 

भण्डारी फ्रान्सको शीर्ष डिभिजनको लिगमा व्यवसायीक खेल खेल्ने  भएकोले सेमिफाइनल खेलपछि फर्केकी छिन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको