Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

बुधबार, ०६ मंसिर २०७४, १४ : १२ मा प्रकाशित

राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

अर्थ संसार, काठमाडौँ– लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ ।

आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामै प्रभाव पार्ने भएकाले राष्ट्र बैंकका कर्मचारीलाई ३० वर्षे सेवा अवधि राख्ने प्रस्तावलाई अस्वीकृत गरिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

“बैठकले ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश गर्नुपर्ने प्रस्तावका लागि स्वीकृत मागेको थियो”, उहाँले भन्नुभयो, “तर एउटा मात्र संस्थाको सेवासम्बन्धी कुरालाई स्वीकृत दिँदा अन्य वित्तीय संस्थामा पनि प्रभाव पर्दछ । त्यसैले उक्त प्रस्ताव अस्वीकार गरिएको हो ।”

राष्ट्र बैंकले कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली परिवर्तन गरी ३० वर्षे सेवा गरेका कर्मचारीलाई अनिवार्य अवकाश गर्ने स्वीकृत माग गरेको थियो । अहिले राष्ट्र बैंकमा कर्मचारीका लागि ५८ वर्ष उमेर हद कायम गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको