Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल आज

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, ०९ : १३ मा प्रकाशित

नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल आज

नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल आज हुँदैछ । खेल आज दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ । 

नेपाल भ्रमणमा आएको आयरल्याण्डको ‘ए’ टिमले हिजोदेखि नेपालको सिनियर टोलीसँग टी–२० श्रृंखला खेलिरहेको छ ।
पहिलो खेलमा सोमबार नेपाल ६ विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले २० तथा आसिफ शेखले १६ रन जोडेका थिए । आयरल्याण्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन ह्वाइट र थोमस माएसले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रन बनाएको थियो। 

नेपालले आउदै गरेको विश्वकपको अभ्यासको रुपमा यस खेलहरु खेलि रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको