Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको फोनपे र कोरियाको जिएलएनबीच अन्तरदेशीय भुक्तानी प्रणाली विकास गर्ने समझदारी

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, ११ : ३३ मा प्रकाशित

नेपालको फोनपे र कोरियाको जिएलएनबीच अन्तरदेशीय भुक्तानी प्रणाली विकास गर्ने समझदारी

नेपालको भुक्तानी सञ्चालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदायक कम्पनी जिएलएन इन्टरनेसनलले नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रणाली विकाससँग सम्बन्धित एमओयुमा हस्ताक्षर गरेका छन् ।

अब दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस-बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामकीय , प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने भएको हो । फोनपे  र जिएलएनको यस सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन् । कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले त्यहाँका विभिन्न बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा रियलटाइम भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

एमओयुमा हस्ताक्षर गरेपछि जिएलएनका सिइओ क्युङहो किमले सम्झौताबाट उत्साहित बनेको उल्लेख गर्दै विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुरुप जिएलएन र फोनपेसँग सहकार्य गर्न लागेको बताए । सम्झौताले कम्पनीको नयाँ क्षेत्रमा विस्तार हुने प्रतिबद्धतालाई नयाँ आयाम थपेको जनाउँदै परस्पर सीमाहरूबीचमा पनि इन्नोभेटिभ पेमेन्ट सेवा प्रदान गर्ने कम्पनीको मिशनलाई पनिलाई सार्थक तुल्याएको बताए ।

यसैगरी फोनपेका सिइओ दिवस कुमारले जिएलएनसँग सहकार्य गरी आफ्नो सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित रहेको बताए । सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्ने, वित्तीय समावेशिता बढाउने तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउने पनि कुमारको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको