Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

बुधबार, ०६ मंसिर २०७४, २० : १४ मा प्रकाशित

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

अर्थ संसार, जितपुर, कपिलवस्तु– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ ।

कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो नेतृत्वको सरकारले चीन तिर जाने बाटो खोल्यो, अब नेपालका सामग्री चीन जान सक्ने भए, कसैले नाकाबन्दी लगाउन नसक्ने भए नेपालीको चुलो अब कसैले बल्न नदिने अवस्था रहेन त्यसैले आत्तिएर सरकार ढालियो ।” रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको