Like us!
Follow us!
Connect us!
Watch us!

एलोन मस्कलाई पछि पार्दै मार्क जुकरबर्ग बने विश्वको तेस्रो धनी व्यक्ति

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १३ : ३५ मा प्रकाशित

एलोन मस्कलाई पछि पार्दै मार्क जुकरबर्ग बने विश्वको तेस्रो धनी व्यक्ति

फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलो पटक हो ।

एलन मस्क १८१ बिलियन कुल सम्पत्तिको साथ विश्वका धनी व्यक्तिहरूको सूचीमा चौथो स्थानमा आएका छन्। मार्चको सुरुमा उनी यो सूचीमा पहिलो स्थानमा थिए। उही समयमा मार्क जुकरबर्गको कुल सम्पत्ति १८७ बिलियन डलर भन्दा बढी रहेको छ।

यस वर्ष एलन मस्कको कुल सम्पत्ति ४८.४ बिलियनले घटेको छ । जबकि जुकरबर्गले आफ्नो सम्पत्तिमा ५८.९ बिलियन थपेका छन्।

मेटाको सेयर भाउमा आएको वृद्धिका कारण जुकरबर्गको सम्पति बढेको हो । हाल मेटाको सेयर अल टाइम हाईको विन्दुमा छ । सेयर १ वर्ष अगाडि २१४ डलरमा थियो । गएको शुक्रबारसम्म बढेर ५२७ डलर पुगेको छ ।

टेस्लाको सेयर भने १ वर्ष अगाडि १८४ डलर थियो । अहिले १६४ डलर कायम भएको छ । विद्युति कार निर्माता कम्पनी टेस्लाको बजार भाउ बढेको छैन । त्यसैले मस्कको सम्पतिमा गिरावट देखिएको हो । उनको टेस्लामा १३ प्रतिशत सेयर हिस्सा राखेका छन् । यता, जुकर्बगर्गको मेटामा १३ प्रतिशत सेयर हिस्सा छ । मस्क हाल ब्लूमबर्ग बिलियनियर्स इन्डेक्समा चौथो स्थानमा छन् । 

साथै, बरनाड अर्नाल्ट र जेफ बोसेज क्रमशः १८.५७ र अमेजनका मालिक १७.५४ लाख करोड सम्पतिसहित पहिलो र दोस्रो नम्बरमा रहेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको