Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १५ : २० मा प्रकाशित

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । 

आज भएको उपाध्यक्षको निर्वाचनमा काङ्ग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन् । घिमिरेले ३९ मत पाउँदा उनको प्रतिस्पर्धी पुडासैनीले १६ मत मात्र पाइन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका थिए ।

कपिलवस्तुको वाणगंगा घर भएकी घिमिरे राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनीबाट विजयी भएकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको