Like us!
Follow us!
Connect us!
Watch us!

भियतनाममा ४४ अर्ब डलरको बैकिङ ठगी,अर्बपति महिलालाई मृत्युदण्ड सजाय

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १७ : ५६ मा प्रकाशित

भियतनाममा ४४ अर्ब डलरको बैकिङ ठगी,अर्बपति महिलालाई मृत्युदण्ड सजाय

भियतनामी अर्बपति महिला ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ । घुसखोरी, बैंकका नीतिनियमको उल्लंघन र रकम हिनामिना गरेको आरोपमा घर जग्गा कारोबार गर्ने ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको हो
 । 
पर्यवेक्षकहरुले उत्सुकतापूर्वक हेरिरहेको उक्त बैंक ठगी मुद्दा विश्वकै सबैभन्दा ठूलो हो ।

हो ची मिन सहरको उपनिवेशकालीन भवनमा रहेको अदालतले भियतनामको एक ठूलो बैंकलाई ११ वर्षभन्दा बढी समयदेखि ठगेकाले लानलाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ  ।  । लान भान थिन्ह फाटकी संस्थाकी अध्यक्ष हुन्।

लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर, २७ अर्ब फिर्ता गर्न नगरेको बैंकले जनाएको छ । देशकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन्। 

काठमाडौं । भियतनाममा एक महिलालाई ४४ अर्ब अमेरिकी डलर ठगी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

६७ वर्षीय ट्रुङ माइ ल्यानलाई ११ वर्षको अवधिमा देशको सबैभन्दा ठूलो मध्येको एक बैंक लुटिएमने मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको हो ।उनी भियतनाममा आर्थिक अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएका थोरै महिलामध्ये एक बनेकी छन् ।

ल्यानलाई साइगन कमर्सियल बैंकबाट ४४ अर्ब अमेरिकी डलर ऋण लिएको अभियोगमा दोषी ठहर गरिएको हो । उनले २७ अर्ब डलर फिर्ता गर्नुपर्ने फैसला समेत  होची मिन्ह सिटीमा रहेको अदालतले सुनाएको छ । अभियोजकहरूले उक्त रकम कहिल्यै फिर्ता हुन नसक्ने भनेका छन् ।कतिपयले मृत्युदण्ड सुनाइएको सजाय उनलाई रकम फिर्ता गर्न प्रोत्साहन गर्ने अदालतको तरिका भएको भनेका छन् ।

यस मुद्दामा दुई हजार ७०० जनाको बयान लिइएको र  १० राज्यका अभियोजक र करिब २०० वकिल संलग्न रहेको बताइएको छ । ट्रुङ माइसँगै ८५ जना प्रतिवादीलाई मुद्दा चलाइएको थियो । उनीहरूले आरोप अस्वीकार गरेका थिए । यसलाई भियतनामको भ्रष्टाचार विरोधी अभियानको अहिलेसम्मकै विशेष फैसला भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको