Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा फेरि पहिरो, विष्लेषक भन्छन्,– यति धेरै घटेको बजारमा लगानीकर्ताका लागि सुनौलो मौका

बुधबार, ०८ मंसिर २०७३, १६ : १६ मा प्रकाशित

शेयर बजारमा फेरि पहिरो, विष्लेषक भन्छन्,– यति धेरै घटेको बजारमा लगानीकर्ताका लागि सुनौलो मौका

अर्थ संसार

काठमाडौ–लगानीकर्ताहरु आत्तिँदा सेयर बजार बुधबार पनि अधोगतिमै रह्यो । यस दिन साढे ४२ अंंकले बजार तल झरेको छ ।   दिन भरिमा १३१ कम्पनीका अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ। बजार ४२.४६ अंकले ओरालो लागेर १५४०.०१ अंकमा बन्द भएको छ । 

केही दिन देखि उच्च कारोबार भएको एभरेष्ट बैंकले बुधबार पनि लगानीकर्तालाई तानेको छ । यस दिन एभरेस्टको १७ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै लगानीकर्ताहरुको आकर्षणमै रहेको नेशनल लाइफको दोस्रो उच्च कारोबार भएको  छ । उक्त कम्पनीको १३ करो १७ लाख ७२ हजार रुपैयाँको किनबेच भयो । 

यस दिन लक्ष्मी लघुवित्त, सुर्य लाइफ, तारागाउँ रिजेन्सी, सगरमाथा फाइनान्स, नेरुडे लघुवित्त र एनएलजी इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतकै हाराहारीमा गुमाएका छन् । यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ८ प्रतिशतभन्दा बढीले गुमाएका छन् । घटेको बजारमा पनि मेगा बैकका सेयरधनीले भने करिव ४ प्रतिशतले कमाएका छन्। त्यस्तै एनवी इन्स्योरेन्सका लगानीकर्ताले पनि ३ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

बुधबारको नेप्सेमा कुनै उपसुचक हरिया भएनन् । यस दिन सबैभन्दा बढी बिमा ३६५.६४, त्यसपछि होटल १०२.९२, बैकिङ ३७.४७, विकास बैंक ४१.८, जलविद्युत १५.१७, फाइनान्स १३.८७,  उत्पादनमूलक १२.६९ र अन्य १३.६८ अंकले घटेका छन् । 

बजारको घट्दो गति देखेर शेयर विष्लेषकहरु आश्चर्यमा परेका छन् । ‘अब घट्ने क्रम रोकिनु पर्ने हो,’ कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीका प्रबन्ध निर्देशक भरत रानाभाटले भने ‘प्राकृतिक घटाइ नभएकाले बिहीबारदेखि बजार बढ्ने मेरो अनुमान छ ।’ एक सातामै झण्डै २ सय अंकले घटेको बजार लगानीकर्ताका लागि राम्रो अबसर हुने उनको बुझाइ छ । बजार सधैं घटिरहँदैन, उनले भने, त्यसैले लगानीकर्ताले यसलाई मौकाको रुपमा लिन सक्छन् । त्यसैले बिहीबार खरिदकर्ताको चाप बढ्ने सम्भावना छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको