Like us!
Follow us!
Connect us!
Watch us!

पहिलोपटक बोनस सेयर, त्यसपछि शतप्रतिशत हकप्रद—सिंगटी हाइड्रोको सभामा के–के हुँदैछ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, ०८ : १६ मा प्रकाशित

पहिलोपटक बोनस सेयर, त्यसपछि शतप्रतिशत हकप्रद—सिंगटी हाइड्रोको सभामा के–के हुँदैछ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आगामी पुस २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभामा कम्पनीको हालसम्मको वित्तीय प्रदर्शन, आगामी कार्ययोजना तथा सेयरधनीसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरिनेछन्। यस साधारणसभामार्फत कम्पनीले पहिलोपटक सेयरधनीलाई लाभांश वितरण गर्ने तयारी गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस सेयर प्रदान गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। हाल सिंगटी हाइड्रोको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ, जसअनुसार करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने योजना बनाइएको हो। साधारणसभाबाट स्वीकृति प्राप्त भएपछि सो बोनस सेयर सेयरधनीको खातामा पठाइनेछ।

यसै सभामा कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव समेत अघि सार्नेछ। 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको