Like us!
Follow us!
Connect us!
Watch us!

स्वीकृत भयो श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, ११ : ०४ मा प्रकाशित

स्वीकृत भयो श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। कम्पनीको यही प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीले अब छिट्टै सञ्चालक समितिको बैठक बोलाएर ३१ औं वार्षिक साधारणसभा आह्वान गर्ने र सो सभाले लाभांश पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको