हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आफ्नो १४औँ वार्षिक साधारणसभा पुस २१ गते आयोजना गर्ने निर्णय गरेको छ। मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजेदेखि साधारणसभा सञ्चालन गर्ने तय गरेको हो।
उक्त साधारणसभामा कम्पनीले सेयरधनीलाई लाभांश वितरणसम्बन्धी प्रस्ताव पेश गर्नेछ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर तथा कर समेत २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ। सभाबाट स्वीकृति प्राप्त भएपछि सो लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ का लागि तयार पारिएको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू प्रस्तुत गरी छलफलसहित पारित गरिने कार्यसूची रहेको छ।
यसका अतिरिक्त, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक चयन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने तथा आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा समेटिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ७ गतेसम्म नेप्सेमा एचआईडीसीएलको सेयर खरिद गरी कायम रहेका सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस