Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, ११ : ११ मा प्रकाशित

साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साभारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे २४ औं साधारणसभा गर्ने निर्णय गरेको हो । 

साधारणसभाले चुक्ता पुँजीको १४.२५ २५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश सेयरधनीहरूमा वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको