Like us!
Follow us!
Connect us!
Watch us!

९ महिनामा २ खर्ब १० अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १६ : ४४ मा प्रकाशित

९ महिनामा २ खर्ब १० अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

चालु आथिक वर्षको को पहिलो ९ महिना नेपालले २ खर्ब १० अर्ब १० करोड ३६ लाख ५० हजार बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब २३ अर्ब १५ करोड ९४ लाख ३ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व संकलन भएकोे छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ७५ अर्ब ५ करोड ४३ लाख ८३ हजार राजस्व संकलन गरेको थियो । 

भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको ५ लाख ६ हजार १५९ किलो लिटर पेट्रोल आयात भएको छ । जसवापmत सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

यस्तै, नौ महिनामा १ खर्ब ३ अर्ब २२ करोड ८४ लाख १५ हजार  बराबरको ९ लाख ८६ हजार ९५० किलो लिटर डिजेल आयात भएको छ। डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार  राजस्व प्राप्त भएको छ । 

यसैगरी, एलपी ग्यासमा ४१ अर्ब ७६ करोड ४६ हजार रुपैयाँ बाहिरीएको विभागको तथ्यांकले देखाएको छ । नौ महिनामा ३९ करोड २३ लाख ६ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । जसवापत सरकारलाई ७ अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपैयाँ राजश्व सरकालाई बुझाइएको छ । 

हवाई इन्धनमा १५ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ बाहिरिएको छ । गत पाँच महिनाको अवधिमा १ लाख ४५ हजार ७२६ किलो लिटर हवाई इन्धन आएको छ । जसवापत सरकारलाई २ अर्ब २४ करोड ७ लाख २३ हजार राजस्व आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको