Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

अर्थ संसार

विहीबार, १० माघ २०८१, १२ : १६ मा प्रकाशित

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको छ महिनामा पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार  छ महिनाको अवधिमा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब बढी राजस्व संकलन भएको छ ।

चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको ४ लाख ७९ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको छ महिनामा २ लाख २० हजार ३ सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।

चालु आवको छ महिनामा ८ अर्ब ९ करोड रुपैयाँ बराबरको ८९ हजार ३ सय ८० किलोलिटर (एटिएफ) आयातबाट १ अर्ब १ करोड तथा ३६ करोड २० लाख रुपैयाँ बराबरको ४ हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

आव २०८०/८१ को छ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका ५ थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको