अर्थ संसार, भरतपुर– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमरेड मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताउनु भएको छ ।
वाइसियल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं.-३ को संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा पर्याे। धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन्।
तर, कमरेड मनमोहन, म र केपीजीले नेपालमा केही नयाँ रेकर्ड बनाएका छौं। हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरे र रेकर्ड बनाए ।’
“सत्तरी वर्षदेखि भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको छ“ प्रचण्डले भन्नुभयो, “हामीले नै देशको जिम्मा लिनुपर्छ। कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ। अनि, विकास र समृद्धिको नेतृत्व लिन सकिन्छ। अहिले त्यही संकल्पका साथ हामी एकतावद्द भएका छौं।“
कार्यक्रममा प्रचण्डले उपभोक्तावादी संस्कृतिको प्रदुषणबाट ग्रसित बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने तत्वबाट सचेत रहन युवाहरुलाई आग्रह गर्नुभयो।
भेलालाई एमाले चितवन जिल्ला अध्यक्ष तथा क्षेत्र नं.-२ का उम्मेद्वार कृष्णभक्त पोखरेल, माओवादी नेताहरु अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, वाइसियलका अध्यक्ष दीपशिखा लगायतले सम्बोधन गर्नुभएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस