अर्थ संसार, पोखरा– नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले राजनैतिक लडाइँ सकिएकाले अबको लडाइँ गरिबीविरुद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट उम्मेदवारसमेत बन्नुभएका अधिकारीले पोखरा लेखनाथ महानगरपालिका–११ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चुनावपछि बन्ने वाम गठबन्धनको सरकारले आर्थिक समृद्धि र विकासमा कायापलट नै गर्ने जिकिर गर्नुभयो ।
सो अवसरमा प्रदेशसभा क्षेत्र नं २ (ख) का उम्मेदवार राजकाजी गुरुङले देशको राजनीति स्थायित्वतर्फ उन्मुख भइसकेकाले कुनै प्रलोभनमा नपरी वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस