Like us!
Follow us!
Connect us!
Watch us!

नबिलका कर्मचारीले गरे भूकम्पले क्षतिग्रस्त विद्यालयलाई ४ लाख सहयोग

विहीबार, ०९ मंसिर २०७३, १३ : ०३ मा प्रकाशित

नबिलका कर्मचारीले गरे भूकम्पले क्षतिग्रस्त विद्यालयलाई ४ लाख सहयोग

अर्थ संसार
काठमाडौं–नबिल बैंकका कर्मचारीले सिन्धुपाल्चोकको फाटकशिला माध्यमिक विद्यालय भवन निर्माणका लागि ४ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त विद्यालय २०७२ बैशाखको  भूकम्पबाट क्षतिग्रस्त भएको थियो । विद्यार्थीहरुको पढाईमा सहजताका निम्ति नबिल बैंकका कर्मचारीले आफ्नो तलबबाट कट्टा गरी सहयोग प्रदान गरेको बैंकको विज्ञप्तिमा जनाइएको छ ।
 
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले भवन निर्माणको लागि शिलान्यास गरे । त्यस अबसरमा अध्यक्ष पौडेलले विद्यालयका प्रधानाध्यापक ईश्वर चौलागा“ईलाई सहयोग रकम हस्तान्तरण गरे । भूकम्पबाट बास गुमाएका सिन्धुपाल्चोकको भिमटार–९ र दोलखाको सुनखानी–३ का पीडितहरुलाई परिवारलाई अस्थायी बसोबासका लागि नबिल बैंकका कर्मचारीले राहत सामग्रीसमेत वितरण गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको