Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट ‘मनसरा’ रिलिज

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ४५ मा प्रकाशित

आजबाट ‘मनसरा’ रिलिज

 फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो। 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ। 

क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरिएको छ।

सोसल ड्रामा सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको