Like us!
Follow us!
Connect us!
Watch us!

अनन्या र आदित्यको ब्रेक अप !

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, २२ : ०० मा प्रकाशित

अनन्या र आदित्यको ब्रेक अप !

बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए ।

अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् । 

यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरुको ब्रेकअपको हल्लाले तिब्रता लिएको थियो । त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि उ तिम्रो हो भने अवश्य फर्किनेछ । यो सबै तिमीलाई पाठ सिकाउन को लागी हो । तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि उ तिम्रो हो भने फर्केर आउनेछ । यदि तपाइँ विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाइँको हो । किनभने यो तपाइँको लागि बनाइएको थियो, तर यो तपाइँको भाग कहिल्यै छैन । यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन ।'

अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सार्बजनिक रुपमा भने दुवैले आफ्नो सम्बन्ध बारे अहिलेसम्म चर्चा गरेका छैनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको