Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा प्रचलनमा आएका ५ सय र २ हजार दरका नयाँ नोट नेपालमा नचल्ने

विहीबार, ०९ मंसिर २०७३, १५ : ०६ मा प्रकाशित

भारतमा प्रचलनमा आएका ५ सय र २ हजार दरका नयाँ नोट नेपालमा नचल्ने

अर्थ संसार

काठमाडौं–  भारतमा पुराना ५ सय र १ हजार दरका नोटमा प्रतिबन्धपछि प्रचलनमा ल्याइएका ५ सय र २ हजार दरका नयाँ नोट नेपालमा नचल्ने भएको छ । नेपालमा भारतीय ती नयाँ नोटहरु देखिन थालेपछि नेपाल राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो । 

‘नयाँ भारतीय ५ सय र २ हजार दरका नोटहरु नेपालमा कारोबार हुन सक्तैन,’ राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले भने, ‘जवसम्म भारतको केन्द्रिय बैंक रिजर्व बैंक अफ इन्डिया (आरवीआई) ले ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरर्गत विदेशी विनिमय सम्बन्धी परिपत्र (फेमा नोटिफिकेशन) जारी गदैन तवसम्म नेपालमा ती दरका नोटहरु चल्दैनन् ।’ 

फेमा नोटिफिकेशन जारी गरेपछि मात्र भारतीय ५ सय र २ हजार दरका नोटले नेपालमा वैधानिकता पाउँछन् । ‘भारतले भुटान र नेपालमा निश्चित परिमाणसम्म भारु बोक्न तथा कारोबार गर्न सक्ने गरी ‘फेमा नोटिफिकेशन’ जारी गर्ने गर्दछ । सो नोटिफिकेसन जारी गरेपछि मात्र नेपालमा भारतीय नयाँ नोटहरु चल्ने गर्दछन्,’ प्रबक्ता पौडेलले भने । 

पहिले पनि १ हजार र ५ सय दरका नोट भारतले फेमा नोटिफिकेसन जारी गरेपछि मात्र नेपालमा चलेका थिए । भारतले हाल पुरानो ५ सय र १ हजार दरका नोटहरुमा प्रतिबन्ध लगाइसकेको छ । 

पौडेलका अनुसार ‘फेमा नोटिफिकेशन’ नआउँदासम्म भारु ठूला नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । अहिले नेपालमा एक सयभन्दा मुनिका भारतीय नोटहरु मात्र चलनचल्तिमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको