Like us!
Follow us!
Connect us!
Watch us!

‘ग्यालेक्सी फोरके’ विरुद्ध हिमालयन बैंक अदालतमा

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १० : ०७ मा प्रकाशित

‘ग्यालेक्सी फोरके’ विरुद्ध हिमालयन बैंक अदालतमा

आफूले प्रायोजन गरेको कार्यक्रम  प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै  हिमालयन बैंकले ग्यालेक्सी फोरके टीभी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको कार्यक्रम ‘को बन्छ करोडपति’ को दोस्रो सिजनको प्रायोजन हिमालयन बैंकले गरेको थियो । उक्त कार्यक्रम उत्पादन र प्रशारणका लागि आफूले पेश्कि रकम भुक्तानी गरेको तर ग्यालेक्सी टेलिभिजनले कार्यक्रम उत्पादन नगरेको भन्दै बैंकले सम्झौता बमोजिम रकम फिर्ता दिलाउन माग गरेको छ । 

तत्कालीन सिभिल बैंकबाट लिइएको ६२ लाख १५ हजारको सावाँ ब्याज दुवै नतिरेपछि बैंकले मुद्दा दायर गरेको हो ।

अदालतमा दायर फिरादपत्र अनुसार तत्कालिन सिभिल बैंक र गोर्खा मिडियाबीच ११ फेब्रुअरी २०२२ (२८ माघ २०७८) मा को बन्छ करोडपति कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले १ करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भयो । जसमा गोर्खा मिडियाका तर्फबाट विपीन आचार्यले हस्ताक्षर गरेका थिए । पछील्लो समय आचार्य समेत बैंकको सम्पर्कमा नआएपछि बैंकले  ग्यालेक्सी फोरकेबाट प्रसारण हुने कार्यक्रमका लागि भनेर लगेको पैसाको सावाँ ब्याजसहित १ करोड २४ लाख असुलउपरको दाबीसहित मुद्दा दायर गरेको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा पत्र पठाएर सेयरधनीहरुको विवरण मगाएको छ ।  सेयर रोक्का भए नभएको विवरण र सेयर दर्ता किताबको प्रमाणित प्रतिलिपी पनि झिकाएको हो । 

अहिले ग्यालेक्सी टिभीमा जीबी राई अध्यक्ष र छविराज जोशी सञ्चालक छन् । सहकारी ठगीका एकपछि अर्को घटनामा मुछिएका राई फरार छन् । तत्कालिन सञ्चालक एवं हालका गृहमन्त्री रवि लामिछानेको सेयर छविराज जोशीले किनेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको