Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको स्वयम्भुमा रहेको शाखा स्थान्तरण

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, ११ : ३८ मा प्रकाशित

हिमालयन बैंकको स्वयम्भुमा रहेको शाखा स्थान्तरण

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा – २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं  महानगरपालिका, काठमाडौंबाट सोमबारदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा बैंकको उक्त शाखाको शुभारम्भ गरेका हुन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी वीओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको