Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले बिक्रीमा राख्यो ४ लाख २८ हजार कित्ता सेयर

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०७ : ४५ मा प्रकाशित

हिमालयन बैंकले बिक्रीमा राख्यो ४ लाख २८ हजार कित्ता सेयर

हिमालयन बैंकले साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।

५ जना संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीमा राखिएको हो।

बैंकले देवराज तामाङको नाममा रहेको ४५ हजार ५१२, हर्कबहादुर तामाङको नाममा रहेको १ लाख ३२ हजार २७९, स्नेहलता ठाकुरको नाममा रहेको १३ हजार ९२२, प्रकाश तायलको नाममा रहेको १ लाख ३७ हजार २२८ र  गिरेन्द्रमान सिंह श्रेष्ठको नाममा रहेको ९९ हजार ५९९ कित्ता सेयर बिक्रीमा राखेको हो।

 यी सेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद गर्नुपर्नेछ। संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री खुला हुनेछ।

सेयर खरिद गर्न आवश्यक पर्ने कागजातसहित काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने बिक्रेताअनुसार फरकफरक रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको