Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, ११ : २३ मा प्रकाशित

हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर बैंकका हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अन्यथा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै, सेयरको मूल्य बिक्रेताअनुसार फरक भएकोले सोको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको