Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको साढे १५ लाख कित्ता  संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १० : २६ मा प्रकाशित

हिमालयन बैंकको साढे १५ लाख कित्ता  संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकको साढे १५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापकसेयरधनीले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। 

सेयरको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको