Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

बुधबार, १३ मंसिर २०७४, ११ : ४७ मा प्रकाशित

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

अर्थ संसार, जुवा, दक्षिण सुडान–दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन् ।

उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको