अर्थ संसार, काठमाडौँ– नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले काटेको पत्रबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
उनले आफू एमाले अध्यक्ष भएकाले नेपाली काँग्रेसको अध्यक्षको जस्तो अराजक व्यवहार नगरेको बताए ।
झापा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने मैले काँग्रेसले जस्तो आचारसंहिता उल्लंघन गरेको छैन । म एमाले अध्यक्ष हुँ, काँग्रेसको अध्यक्ष होइन ।’
उनले वामगठन्धनले विजयीउन्मुख भएकाले आयोगले बत्राइ दिएको हुन सक्ने बताए । वामगठन्धनको दुई तिहाई आउनबाट कोही कसैले पनि रोक्न नसक्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न भउका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा वामगठन्धनको दुई तिहाई बढी स्थानमा विजयी हुने बताउँदै आगामी मंसिर २१ गते हुने निर्वाचनमा समेत गठबन्धन दुई तिहाई सिटमा विजयी हुने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस