Like us!
Follow us!
Connect us!
Watch us!

डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरि बेच्ने दुई पक्राउ

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, १६ : ३८ मा प्रकाशित

डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरि बेच्ने दुई पक्राउ

डेल कम्पनीको  लोगो सादा मनिटरमा लेबलिङ गरि बेच्ने दुई जना पक्राउ परेका छन् ।

जेठ ४ गते काठमाडौं महानगर वडा नम्बर २२ बाट बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र न्युरोडस्थित पसलबाट उमेश मुडवरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अग्रवालले मुकुन्द श्रेष्ठको घरको गोदाममा डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी बिक्रीका लागि पठाउने गरेको प्रहरीले जनाएको छ । गोदामबाट प्रहरीले डेलको लेवलिङ गरिएको मनिटर १० कार्टुन बरामद गरेको छ । प्रति कार्टुनमा ५ वटाको दरले कुल ५० थान मनिटरमा नक्कली लेबल लगाइएको पाइएको प्रहरीले जनाएको छ ।

यसैगरी लोगो बिनाको ३७ कार्टुनमा ५ को दरले १८५ मनिटर पनि प्रहरी बरामद गरेको छ । प्रहरीले उमेश मुडभरीको पसलबाट कम्पनीको लोगोसहितको ६ थान मनिटर पनि नियन्त्रणमा लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको