लघु बीमकहरुको छाता संगठनको रुपमा ‘नेपाल लघु बीमक संघ’ गठन भएको छ । जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा लघु बीमकको संगठन दर्ता भएको हो।
नवगठित संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेका छन्। भण्डारीको अध्यक्षतामा गठित कार्यसमितिमा स्टार माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव कोषाध्यक्ष रहेका छन्।
यसै गरि सदस्य हरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।
देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरु संग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउदै न्युन आय बर्ग तथा दुर दराजका नागरिक हरुमा बीमाको पहुंच बोकेको लघुबीमा कम्पनीहरुको संघ नामको गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेठ ३ गते दर्ता भएको हो ।
लघु बीमा विस्तारको लागी नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरु संग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मुर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुंच बाहिर रहेका बर्ग समुदायलाइ बीमाको दायरामा समेटी उनिहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने नेपाल लघुबीमक संघ बिधिवत रुपमा शुभारम्भ गरिएको संघले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस