Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबलको फाइनल : स्पेनको सामूहिक शक्तिविरुद्ध मेस्सीको जादु, कस्ले मार्ला बाजी ?

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, १७ : ४६ मा प्रकाशित

विश्वकप फुटबलको फाइनल : स्पेनको सामूहिक शक्तिविरुद्ध मेस्सीको जादु, कस्ले मार्ला बाजी ?

फिफा विश्वकप २०२६ को आज मध्यराति पछि सकिने छ । नेपाली समय अनुसार आज मध्यराति १२ः४५ बजे हुने खेल पनि विश्वकप विजेताको छिनोफानो लाग्नेछ । यस पटकको विश्वकपको फाइनमा युरोपको विजेता स्पेन र कोपा अमेरिका विजेता तथा साविक विजेता अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् । दुई फरक महादेश र फरक शैलीको फुटबल खेल्ने देश विचको प्रतिस्पर्धा आम दर्शकलाई खेलको पूर्ण मज्जा दिलाउने छ । युरोपेलि देश स्पेन सामुहीक रुपमा अघि बढ्दै फाइनसम्मको यात्रामा छ । अर्को तर्फ लियोनल मेस्सीको जादुमयी प्रदर्शनबाट अर्जेन्टिना पनि उपाधि रक्षाका लागि अघि बढी रहेको अवस्था छ । 

आजको खेलमा बार्सिलोनाका पूर्व स्टार लियोनल मेस्सी र हालका युवा स्टार खेलाडी लामिन यामाल बीचको प्रतिपस्र्धाका रुपमा पनि हेरिएको छ । जारी विश्वकपमा ८ गोल गरेर गोल्डेन बुटको दाबेदारीका रुपमा रहेका छन् । उनले फाइनमा २ गोल र कम्तिमा एक असिष्ट गरेको खण्डमा गोल्डेन बुट जित्ने छन् । अन्यथा उनले यो उपाधि हासिल गर्ने सम्भावना न्यून रहेको छ । 

विश्वकपको फाइनलअघि फिफाको टेक्निकल स्टडी ग्रुप (टिएसजी) का सदस्य टोबिन हिथ र गिल्बर्टो सिल्भाले स्पेन र अर्जेन्टिनाको खेलशैलीको विश्लेषण गरेका छन् । उनीहरूका अनुसार फाइनलमा स्पेनको अनुशासित काउन्टर–प्रेसिङ र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको सिर्जनात्मक जादुबीचको भिडन्त निर्णायक बन्नसक्ने देखिने छ । ब्राजिलका विश्वकप विजेता पूर्वमिडफिल्डर गिल्बर्टो सिल्भाका अनुसार स्पेनको सबैभन्दा ठूलो शक्ति बलमाथिको नियन्त्रण र धैर्यपूर्ण खेल हो । जुन यो विश्वकपमा देखिएको पनि छ । उनले स्पेनले हतार नगरी धैर्यपूर्वक पास आदानप्रदान गर्दै विपक्षीको रक्षापंक्ति फैलाउने र त्यसपछि बीचको खाली स्थान प्रयोग गरेर आक्रमण गर्ने शैली अपनाउने बताए ।

तर स्पेनको वास्तविक बल भने बल गुमाएपछि देखिन्छ । सिल्भाले भने, ‘स्पेनले बल गुमाउनेबित्तिकै एक, दुई वा तीन खेलाडी तुरुन्तै दबाब दिन पुग्छन्। विपक्षीलाई अगाडि बढ्न निकै कठिन हुन्छ। उनीहरूको बल पुनः कब्जा गर्ने गति प्रतियोगितामै उत्कृष्टमध्ये एक हो ।’ स्पेनले ७ खेलमा केवल १ गोल मात्र बेहोरेको छ । त्यसैले फिफाको पावर र्याङ्किङमा पनि स्पेन रक्षात्मक पक्षमा शीर्ष टोली बनेको छ । अमेरिकी पूर्वस्टार टोबिन हिथका अनुसार अर्जेन्टिनाको सम्पूर्ण आक्रमण मेस्सीलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । उनले अर्जेन्टिनाले मैदानको बीच र दुवै विङ्समा खेलाडीको संख्या बढाएर विपक्षीलाई एकातिर तान्ने र त्यसपछि मेस्सीलाई बल उपलब्ध गराउने रणनीति अपनाउने बताइन् ।

‘मेस्सीले ५ जना रक्षकलाई आफूतिर तान्दा अन्य खेलाडी स्वतन्त्र हुन्छन् । तर अवसर सिर्जना गर्ने र गोल गर्ने जिम्मेवारीमा अर्जेन्टिना अझै पनि धेरै हदसम्म मेस्सीमै निर्भर छ,’ हिथले भनिन् । हिथका अनुसार अर्जेन्टिनाले रक्षात्मक अवस्थामा मेस्सीलाई धेरै जिम्मेवारी दिँदैन । मेस्सी अग्रपंक्तिमै रहन्छन्, जसले गर्दा बल पुनः प्राप्त गरेलगत्तै अर्जेन्टिनाले तीव्र गतिमा प्रतिआक्रमण गर्न सक्छ।

मेस्सी सधैं ताजा रहून् भन्ने उद्देश्यले टोलीले रक्षाको धेरै भार आफैं उठाउँछ । त्यसपछि बल पाएपछि मेस्सीले खेलको गति नियन्त्रण गर्दै रक्षकको ध्यान आफूतिर तानेर खाली खेलाडीलाई अवसर सिर्जना गरिदिन्छन्,’ हिथले भनिन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको