Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकालाई 'कहिले नभुल्ने पाठ सिकाउने' इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, १५ : ४२ मा प्रकाशित

अमेरिकालाई 'कहिले नभुल्ने पाठ सिकाउने' इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

इरानी सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकालाई 'कहिले नभुल्ने पाठ सिकाउने' चेतावनी दिएका छन् । इरानको सरकारी टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा सञ्चालकले सर्वोच्च नेता खामेनीसँग सम्बन्धित नयाँ लिखित सन्देश पढेर सुनाएका छन् ।

उक्त सन्देशमा अमेरिकालाई ‘कहिल्यै नभुल्ने गरी पाठ सिकाइने’ चेतावनी दिइएको छ । सन्देशमा भनिएको छ, ‘सम्झौताको उल्लंघनले फेरि एक पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको छ ।’

‘अमेरिकाले फेरि एक पटक संसारसामु आफ्नो वास्तविक अनुहार देखाएको छ । उसका कदमहरूले उसका नीतिहरू झुट, अविश्वसनीय र छलपूर्ण रहेको पुष्टि गर्छन्,’ लिखित सन्देशमा भनिएको छ। ‘यदि अमेरिकाले युद्ध भड्काउने प्रयास गर्‍यो भने उसले ठूलो क्षति बेहोर्नु पर्नेछ । इरान र उसका सहयोगीहरूले अमेरिकालाई यस्तो जवाफ दिनेछन्, जसलाई उसले लामो समयसम्म सम्झिरहने छ,’ सन्देशमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको