Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, गोल्डेन बुटमा एम्बाप्पे अघि

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, ०७ : ५४ मा प्रकाशित

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, गोल्डेन बुटमा एम्बाप्पे अघि

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल ग¥यो । १८ औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए ।

त्यसपछि शाकाले ३७ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्कायो । ४८ औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए । ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु¥याए । खेलको ८७ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रताको दुरी बढायो । पेनाल्टीमा शाकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो । टोली पराजित भएपनि दुई गोल गरेको फ्रान्सका कप्तान एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी(२१) को कीर्तिमानलाई पछि पर्दा सर्वाधिक (२२) गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । एमबाप्पेले मात्र तीन विश्वकपमा २२ गोल गरेका हुन् ।

उनी जारी विश्वकपमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा छन् । उनले १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् । मेसीले फाइनल खेल खेल्न बाँकी छ । यदि फाइनमा मेसीले २ गोल र कम्पनीमा एक असिस्ट गर्न नसकेको अवस्थामा गोल्डेन बुट एम्बाप्पेले जित्ने छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको