Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, १० : ३४ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य १ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार भने सुनको मूल्य तोलाको २ लाख ८२ हजार १०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको