Like us!
Follow us!
Connect us!
Watch us!

गत आवमा दुई दर्जन कम्पनीले पाए आईपीओ अनुमति, हाइड्रोपावर मात्रै १५ वटा

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, १३ : ५१ मा प्रकाशित

गत आवमा दुई दर्जन कम्पनीले पाए आईपीओ अनुमति, हाइड्रोपावर मात्रै १५ वटा

गत आर्थिक वर्ष २०८२/८३ मा दुई दर्जन कम्पनीले आइपीओ अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा बोर्डबाट २४ वटा कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका हुन् । 

बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् । २४ वटामध्ये अधिकांशको आईपीओ नेप्सेमा सूचीकृतसमेत भइसकेका छन् । बोर्डले गत आर्थिक वर्षमो अघिल्लो वर्षको तुलना ६० प्रतिशत बढी कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ ।  अघिल्लो वर्ष २०८१/८२ मा धितोपत्र बोर्डले १५ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । गत आवमा आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा अधिकांश हाइड्रोपावर कम्पनी छन् । गत आर्थिक वर्षमा यो बोर्डले १५ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ अनुमति दिएको छ ।

बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्षमा आईपीओ जारी गर्ने अनुमति पाउने कम्पनीहरुमध्ये ७ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी रहेका छन् । त्यस्तै  एउटा विकास बैंक र एउटा होटलले आईपीओ जारी गर्न अनुमति पाएका छन् ।

बोर्डबाट गत आवमा अनुमति पाएका सबै २४ वटै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेका छन् । गत आवमा यी कम्पनीले सर्वसाधारणलाई ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता आईपीओ बिक्री गरेर ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँ पुँजी जुटाएका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको