साताको अन्तिम कारोबारसम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७६.७६ अंक अर्थात् करिब ३ प्रतिशतले बढेर २६७७.५४ विन्दुमा बन्द भएको छ। पाँच कारोबार दिनमध्ये चार दिन बजार हरियाली रह्यो भने कारोबार रकम र बजार पूँजीकरणमा पनि उल्लेखनीय सुधार देखिएको छ।
यस साता दैनिक औसत कारोबार रकम २०.३५ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। कुल बजार पूँजीकरणमा करिब १ खर्ब ३१ अर्ब रुपैयाँ थपिएको छ भने १३ वटै उपसमूह सकारात्मक रहँदा निर्जीवन बीमा उपसमूहले सर्वाधिक वृद्धि गरेको छ।
लगातारको सुधारपछि अहिले लगानीकर्तामाझ एउटा प्रश्नले चर्चा पाइरहेको छ— के बजारले नयाँ बुलिस यात्रा सुरु गरेको हो, वा यो केवल छोटो अवधिको उकालो मात्र हो?
यस्तै, अहिले सेयर थप्ने उपयुक्त समय हो कि केही समय 'वेट एन्ड वाच' को रणनीति अपनाउनु बुद्धिमानी हुन्छ? बजारको प्राविधिक अवस्था अहिले के संकेत गरिरहेको छ? आगामी कारोबार दिनमा कुन स्तर निर्णायक बन्न सक्छ? मौद्रिक नीति, बढ्दो कारोबार रकम र बजारको मनोविज्ञानबीच कस्तो सम्बन्ध देखिएको छ?
यी सबै जिज्ञासाको जवाफ लिएर अर्थसंसारको नियमित बजार विश्लेषण कार्यक्रममा प्राविधिक विश्लेषक तथा ज्योतिषी ईश्वर श्रेष्ठ उपस्थित भएका छन्। कार्यक्रममा उनले पछिल्लो साताको बजार गतिविधि, प्राविधिक चार्ट, विभिन्न सूचक, बजारको सम्भावित दिशा तथा लगानीकर्ताले ध्यान दिनुपर्ने पक्षबारे विस्तृत विश्लेषण गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस