Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १७ : ४० मा प्रकाशित

सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघको आइतबार बसेको बोर्ड बैठकले २०८१ असार ७ देखि ९ गतेसम्म महासंघ परिसरभित्र पहिलो सहकारी रोजगार मेला आयोजना गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बसेको बोर्ड बैठकले नेपाल सरकार, केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायत अन्य सहकारी संघ÷संस्था तथा निकायहरुसँगको सहयोग र समन्वयमा मेला आयोजना गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सहकारी अभियानको मर्यादाक्रमको सूची स्विकृत गरेको छ । नेपालको सहकारी अभियानका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र विादरहित बनाउन सहकारी अभियानको मर्यार्दाक्रम सुची तयार भएको महासंघका अध्यक्ष मल्लले बताइन् । साथै महासंघले सहकारी क्षेत्रमा आइपर्ने समस्या एवं चुनौतीहरु समाधानमा समन्वय तथा सुझाव लिन विज्ञ समूह गठन गर्ने भएको छ । आइतबारको बैठकले विज्ञ समूह निर्माण तथा संचालन विधि समेत पास गरेको छ। विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर छिट्टै विज्ञ समूह गठन गरिने अध्यक्ष मल्लले बताएकी छन्।

आइतबारको बोर्ड बैठकले महासंघको आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यक्रम तथा बजेट मस्यौदा उपसमिति गठन गरेको छ । सो समितिको सदस्यहरुमा महासंघका उपाध्यक्ष खेम बहादुर पाठक र उपाध्यक्ष डिवी बस्नेत हुनुहुन्छ । साथै युवा समन्वय उपसमितिको संयोजकमा संचालक सुमन नेपाललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको