Like us!
Follow us!
Connect us!
Watch us!

टोनी क्रूजले युरोकपपछि सन्यास लिने

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, २० : १९ मा प्रकाशित

टोनी क्रूजले युरोकपपछि सन्यास लिने

जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् ।

रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ बर्षिय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन् ।

क्रूज २०१४ मा जर्मनी क्लब बायर लिभरकुसेनबाट रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा १० सिजन खेलेका क्रूजले अब रियल म्याड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् । रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनल जर्मनी क्लब डोर्टमण्डसँग जुन २ मा खेल्दै छ ।

रियल म्याड्रिडबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जितेका छन् भने चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यस्तै एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।
     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको