प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा ल्याएको छ । बैंकको १३ जना संस्थापक सेयर धनीको नाममा रहेको सेयर बिक्रिमा ल्याएको हो ।
कम्पनीले हाल संस्थापक सेयरधनीको लागि उक्त सेयर बिक्रिमा राखिएको जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा सेयर खरिदका लागि निवेदन दिनु पर्ने छ । उक्त म्यादभित्र प्रस्तावित सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुले निवेदन नदिएमा विद्यमान संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति÷संस्थालाई सेयर बिक्री गर्ने सम्बन्धमा आवश्यक कारवाही अघि बढाईने बैंकले जनाएको छ ।
बैंकले प्रभु गुरुङको नाममा रहेको ३४ हजार, चित्र राज पाण्डेको ७ हजार ६१३ कित्ता, पद्मोदय इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको २ लाख ७२ हजार १२२ कित्ता, रामेश्वर सिंह सिजापतीको नाममा रहेको १ लाख ३७ हजार ८०२ कित्ता, सूचीत्रा सिजापतीको नाममा रहेको ६ लाख २३ हजार ६९६ कित्ता, अशोक कुमार खड्काको नाममा रहेको १ लाख ४० हजार २८७ कित्ता, विनोद सगपानीको नाममा रहेको ७९ हजार ४८८ कित्ता, नवरतन मल चिण्डालियाको नाममा रहेको ८ हजार ५३१ कित्ता, सुशील प्रसाद शर्माको नाममा रहेको ३४ हजार ५८५ कित्ता, दिपेन्द्र अधिकारीको नाममा रहेको २२ हजार ९९० कित्ता, कपिल रावलको नाममा रहेको ३ हजार ५०८ कित्ता, ज्ञान काजी शाक्यको नाममा रहेको ३ हजार ९ कित्ता र राजन कुमार श्रेष्ठको नाममा रहेको ५ हजार २४७ कित्ता सेयर बिक्रीमा रहेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस