Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ- राप्रपा

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, २१ : ०४ मा प्रकाशित

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ- राप्रपा

राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ ।

बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन शुरु भएको छ त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरूपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको भन्दै राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको बताएको छ । 

बैठकले राप्रपाको जेठ ११, १२ र १३ गते काठमाण्डौंमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरुमाथि बृहद छलफल गरिएको छ । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङ्ले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन् । प्रस्तुत प्रतिवेदनहरुलाई सामान्य परिमार्जन सहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको