Like us!
Follow us!
Connect us!
Watch us!

हरि ढकालको आक्रोसः धितोपत्र बोर्ड हो कि ढिलोपत्र बोर्ड ?

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १३ : २५ मा प्रकाशित

हरि ढकालको आक्रोसः धितोपत्र बोर्ड हो कि ढिलोपत्र बोर्ड ?

प्रतिनिधि सभाका सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड ढिलोपत्र बोर्ड भएको सरकारले प्रमाणीत गरेको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।

प्रनितिधि सभाको शुन्य समयमा सांसद ढकालले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि चैत २५ गते पाकेको खिचडी भाग लगाउनु पर्ने बेला भएको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

‘माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्ष नियुक्त गर्न सिफारिस समिति बनाउँछ । फागुन १६ गते आवेदन माग गरेपछि १९ जनाको आवेदन परेको छ । चैत २५ गते ५ जनाको नाम सिफारिस हुन्छ । २५ गते पाकेको खिचडी अब भाग लगाउने बेला भयो होला नी’ उनले प्रश्न गरे ‘कति समय लागेको पाकेको खिचडी भाग लगाउन ? बोर्डमा तुरुन्तै अध्यक्ष नियुक्ती गरे हुने हो की ?’

ढकालले धितोपत्र बोर्डका अध्यक्ष नहुँदा २२ अर्ब सम्म कारोबार भएको सेयर बजार प्रभावित भएको बताए । सरकारले पुस २० गतेदेखि बोर्डका अध्यक्ष नियुक्त नगर्दा ६२ लाख लगानीकर्ता रहेको २२ अर्ब सम्म कारोबार भएको पुँजी बजार प्रभावित भएको उनको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको