Like us!
Follow us!
Connect us!
Watch us!

बिजुली गाडीको आयात ३ गुणा बढ्यो, ११ महिनामा ११ हजार बढी ईभी नेपाल भित्रिए

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १६ : ३६ मा प्रकाशित

बिजुली गाडीको आयात ३ गुणा बढ्यो, ११ महिनामा ११ हजार बढी ईभी नेपाल भित्रिए

चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म ११ हजार भन्दा धेरै विद्युतीय गाडी (ईभी) आयात भएका छन् । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ४ सय ६६ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका हुन् । 

भन्सारका अनुसार यो अवधिमा २९ अर्ब ४ लाख ५७ हजार रुपियाँका बिद्युतीय गाडी भित्रिए भने यसबाट १३ अर्ब ६ करोड ७५ हजार रुपियाँ राजश्व संकलन भएको छ । 

यी गाडी चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, अमेरिका र जर्मनीबाट आयात भएका हुन्।आयात भएका विद्युतीय गाडी मध्ये आधा भन्दा धेरै ५१ देखि १०० किलोवाटसम्म मोटर क्षमताका छन्  । तथ्याङ्क अनुसार यो मोटर क्षमताका मात्र ६ हजार ८ सय ८५ वटा गाडी आयात भएको हो । 

यो तथ्याङ्क गत वर्ष भन्दा झण्डै ३ गुणा धेरै हो । गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ३ हजार ८ सय ७० वटा मात्र विद्युतीय गाडी भित्रिएका थिए ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको