Like us!
Follow us!
Connect us!
Watch us!

सबैभन्दा सस्ता सेयर (सूची सहित)

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ०० : २९ मा प्रकाशित

सबैभन्दा सस्ता सेयर (सूची सहित)

नेप्सेमा कारोबार भइरहेका कम्पनीहरु मध्य हाल सबैभन्दा सस्तो कम्पनी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर देखिएको छ। यस कम्पनीको  संस्थापक सेयर टिएमएस मार्फत सर्वसाधारणले दोस्रो सहजै कारोबार गर्न सकिन्छ। असार ६ को कारोबार अनुसार यस कम्पनीको सेयर मूल्य प्रति कित्ता ९८.७ रुपैंया रहेको छ। 

नेप्सेमा दोस्रो सस्तो कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी देखिएको छ। यस जलविद्युत कम्पनीको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता मूल्य १२८.१० रुपैंया रहेको छ। 

बजारमा कारोबार भइरहेको तेस्रो सस्तो कम्पनी देखिएको छ कुमारी बैंक लिमिटेड। यस वाणिज्य बैंकको हालको बजार मूल्य १३७.८० रुपैंया रहेको छ। वाणिज्य बैंक मध्य कुमारी बैंकको सेयर सबैभन्दा सस्तो देखिएको हो। 

अर्को सस्तो बैंक देखिएको छ प्रभु बैंक। प्रभु बैंकको सेयर मूल्य पनिं बजारमा कारोबार भइरहेका सेयरहरु मध्य निकै सस्तो देखिएको छ। बैंकको सेयरको मूल्य १४१.९० रुपैंया रहेको छ। 

बजारमा १५० रुपैंया भन्दा कम मूल्यका अरु दुई कम्पनी रहेका छन्।  ती हुन् नेशनल हाइड्रोपावर र घलेम्दी हाइड्रो लिमिटेड।  नेशनल हाइड्रोपावरको पछिल्लो कारोबार मूल्य १४४.८० रुपैंया छ भने  घलेम्दी हाइड्रोको मूल्य १४७.६० रुपैंया रहेको छ।

असार ६ को मूल्यका आधारमा यी हुन बजारका सबैभन्दा सस्ता २० कम्पनी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको