Like us!
Follow us!
Connect us!
Watch us!

साधारण सेयरको निष्कासन प्रक्रिया खुल्यो,हिमालय ऊर्जालाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १५ : ०० मा प्रकाशित

साधारण सेयरको निष्कासन प्रक्रिया खुल्यो,हिमालय ऊर्जालाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट साधारण सेयरको निष्कासन प्रक्रिया खुलेको छ। बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रियाले निष्कासनका लागि पुन अनुमति पाएको हो ।

धितोपत्र बोर्डले आज असार ७ गते हिमालयन ऊर्जा विकास कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डको अनुमति पाएसँगै अब हिमालयन ऊर्जा हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गर्नेछ।

बोर्डले कम्पनीलाई १ः१ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त भएको छ ।

उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । बोर्डले ६ महिनापछि हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै हकप्रद, आइपीओ अनुमतिको कामठ ठप्प हुँदै आएको थियो । यसबीचमा दर्जनौं कम्पनीहरु हकप्रद र आइपीओ जारी गर्नका लागि पाइपलाइनमा रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको