Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकलाई माथि तल गराउन सक्ने १० कम्पनी

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ०८ : ०० मा प्रकाशित

नेप्से परिसूचकलाई माथि तल गराउन सक्ने १० कम्पनी

नेप्से परिसूचकको उतारचढाव दोस्रो बजारमा कारोबार हुने कम्पनीहरुको सेयर मूल्यले तय गर्ने गर्छ। ठूलो पुँजीकरण भएका कम्पनीहरुको सेयर मूल्यले अझ धेरै नेप्से परिसूचकलाई असर गर्छ। 

नेप्सेमा कारोबार हुने कम्पनी मध्य हाल नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को बजार पुँजीकरण सर्वाधिक रहेको छ। असार ६ गतेको नेप्सेको तथ्यांक अनुसार नेपाल टेलिकमको पुँजीकरण १ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ। हाल यस कम्पनीको दोस्रो बजारको मूल्यमा उतारचढाव रहँदा नेप्से परिसूचकमा अरु कम्पनी भन्दा धेरै असर गर्छ। 

नेपाल टेलिकम पछि सबैभन्दा धेरै बजार पुँजीकरण भएको कम्पनी हो नबिल बैंक। बैंकको पुँजीकरण १ खर्ब २७ अर्ब रुपैंया रहेको छ। 

तेस्रोमा नागरिक लगानी कोष रहेको छ। यस कम्पनीको पुँजीकरण १ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ।

चौथोमा नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण ८५ अर्ब रुपैयाँ रहेको छ। 

पाँचौ कम्पनी रहेको छ ग्लोबल आइएमई बैंक।  यस बैंकको पुँजीकरण ६४ अर्ब रुपैयाँ रहेको छ।

यस्ता छन् शीर्ष १० पुँजीकरण भएका कम्पनीहरु (असार ६ को आधारमा )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको